मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्दारमा सक्रिय विराटनगरका जनप्रतिनिधीले बाढी पिडीत संगै खाए खाना (फोटो फिचर)



गोपाल पोखरेल, २९ असार –

विराटनगर महानगर पालिकाका जनप्रतिनिधिहरुले राम्रो संग खाना खान नपाएको ५ दिन भयो विराटनगर ७ का अध्यक्ष मधुबाबु तिवारीले भन्नुभयो । बषार्त भएसंगै जलमग्न भएको विराटनगर क्षेत्रमा जनतालाई पर्ने समस्यामा परेकाहरुको उद्दार गर्न र राहात वितरण र स्वास्थ्य उपचारमा खटिएका जनप्रतिनिधिले राम्रो संगखान र सुत्न नपाएका हुन ।

 

उद्दार र राहातको काम सकिएको ५ दिनमा बल्ल तल्ल विराटनगर ७ मा बाढी पिडीत बालवालीका , महिला र पुरुषहरु संगै बसेर खाना खाएका हुन । मेयर भिम पराजुली समेत जनप्रती निधीहरुले उद्दारको काम सकिएपछी बाढी पिडितहरु सगै बसेर खाना खाएका हुन ।  उपप्रमुख ईन्दिरा कार्कीको ब्रत परेकाले उनले खाईनन। तर पराजुलीलाई उपप्रमुख कार्कीले संगै उभिदिएर साथ दिईन । त्यस्तै विराटनगर ७ का अध्यक्ष मधु तिवारी , विभिन्न वडाका वडा सदस्यहरुले संगै खाना खान साथ दिएका थिए ।

निरन्तरको बर्षाका कारण प्रभावीत भएको महानगरमा भने मानवीय क्षती भएन । महानगरपालिका ८ को सुकुम्बासी बस्ती, १२ को बखरी, मुसहर र ऋषिदेव वस्ती, १५ को पारिजात र मुसहर टोल, ६ को ब्रम्हपुरा र रामपुर, १२ को सिमरिया र बखरी, क्षेत्रका बाढी पिडितलाई खान पिन , बासस्थान, स्वस्थ्य उपचारको प्रभावकारी व्यवस्था मिलाईएको विराटनगर महानगरपालिकाका उपप्रमुख ईन्दिरा कार्कीले बताईन ।

 

त्यसैगरी मोरंगमा बिगत ३ दिनमा मोरङमा मात्र ३ जना वेपत्ता भएका छन् । लोहन्द्रा खोलाले बगाई कटहरीका ४ का ५० बर्षीय सोभा सोरेन र जहदा गाउँपालिका ५ वस्ने बर्ष १६ को आदर्श पोदारलाई लोहन्द्रा खोलाले बगाएर बेपत्ता पारेको हो । उनीहरु मध्ये सोरेन पानीको अबस्था बुझ्नका लागि खोला किनारमा गएको बेला बगाएको हो । मोरङको केरावारी रंगेली सडक खण्डमा आएको गेउरिया खोलाले बगाएर नाम खुल्न नसेकेका एकजना बेपत्ता भएका छन् ।

 

बेलवारीमा परसुराम राईको नालीको पानीमा डुबेर मृत्यु भएको छ । हाल सम्म मोरंगमा एक हजार दुई सय परिवार बाढीले विस्थापीत भएका छन। सो परिवारका ३ हजार ७ सय मानिसको विचल्नी भएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  २ : १४ बजे