मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका सांसदले प्रदेश सरकारलाई झुकाए, आफूखुसी खर्चिन १० करोड



काठमाडौं असार, ३०– आफूखुसी योजनामा बजेट खर्चिनका लागि कर्णालीका सांसदले प्रदेश सरकारलाई झुकाएका छन् । सांसदको ‘तजबिज’ मा खर्च हुने जनता सडक कार्यक्रमका लागि १० करोड रुपैयाँ दिइने भएपछि आइतबार आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

बजेट निर्माणकै चरणमा सांसदले १० करोड मागे पनि सरकारले जनता सडक कार्यक्रमका लागि २ करोड मात्र विनियोजन गरेको थियो । सत्ता र प्रतिपक्षी सांसदले बजेटमाथिको छलफलमा यही विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।

सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत खर्च गर्ने गरी जनता सडक कार्यक्रममा थप ८ करोड दिन सहमत भएपछि बजेट पारित भएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा  छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  २ : ५८ बजे