मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुईमात्र छोरी जन्माउने दम्पती नगरपालिकाद्वारा सम्मानित



असार ३१, ओखलढुंगा –

गत वर्षको निति तथा कार्यक्रममा समाबेश भएअनुसार ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले दुईमात्र छोरी जन्माएका दम्पतीलाई सम्मान गरेको छ ।

नगरपालिकाले नगरभित्रका दुई छोरीमात्र भएका दम्पतीलाई सम्मान गरेको हो ।नगरपालिकाका १२ वटै वडाका दुई छोरीमात्र भएका ३० जोडी दम्पतीलाई सोमबार नगदसहित सम्मान गरिएको छ । नगरप्रमुख मोहन कुमार श्रेष्ठले प्रति दम्पती ५ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरे ।समाजमा बिद्यामान रहेको छोरा र छोरी बीचको भेदभावलाई चिर्दै दुई सन्तान ईश्वरको बरदान भन्ने अभिप्रायका साथ दुईजना छोरीमात्र जन्मिएर परिवारको रहर पुरा गरेका अबिभावकलाई सम्मान गरेको भन्दै सम्मातिन दम्पतीले खुशी ब्यक्त गरेका छन् ।

सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका स्थानीय राम कुमार श्रेष्ठले छोरीमात्र जन्माएको परिवारलाई नगरपालिकाले सम्मान गर्दा खुसी लागेको भन्दै पृतिसतात्मक सोचबाट ग्रसित समाजको सोचाईमा समेत परिवर्तन आउनुपर्ने बताए ।समाजमा अझैपनि छोरा र छोरीबीचको विभेद कायमै रहेको छ । छोरा हुँदा समाजले हेर्ने दृष्टिकोण र छारी मात्र हुँदा समाजले हेर्ने दृष्ट्रिकोणमा फरक रहेकाले नगरपालिकाले छोरा छोरीबीचको बिभेद अन्य गर्न थालेको अभियान प्रशंसायोग्य रहेको सिद्धिचरण नगरपालिका ८ का स्थानीय दिलमाया गुरुङलले बताइन् ।

सिद्धिचरण नगरपालिकाले छोरा र छोरीबिचको बिभेदलाई लिएर समाजले हेर्ने दृष्टिकोणमा पारिवर्तन ल्याउन यो कार्यक्रमको सुरुवात गरेको जनाएको छ ।

समाज अगाढी बढ्न सबैभन्दा पहिले भेदभाव मुक्त समाजबन्नुपर्ने भन्दै यसलाई न्युनिकरण गर्न दुई छोरीमात्र जन्माएर स्थाई रुपमै परिवार नियोजन गरेका दम्पतीलाई सम्मान गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताए ।

नगरपालिकाले गतबर्ष यसकार्यक्रमका लागी १ लाख ५० हजार रुपौया बजेट छुट्याएको थियो भने यसबर्ष करिब २ लाख रुपैयाँ छुट्याइएको जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ८ : ४८ बजे