भारतीय ट्रकले ५ सवारीसाधनलाई एकैपटक ठक्कर दिँदा हेटौंडामा दुईको मृत्यु, आठ घाइते



हेटौंडा-

भारतीय लहरी ट्रकले ५ वटा सवारीसाधनलाई एकैपटक ठक्कर दिँदा हेटौंडा उपमहानगरपालिका १५ मा दुई जनाको मृत्यु भएको छ ।

एमएन ०१ डी ८०३१ नम्बरको भारतीय ट्रकले २ वटा बस, १ टाटा सुमो, १ अटो रिक्सा र एक मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलका चालक र अटो रिक्साका चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।मृतक हरुको नाम खुल्न बाकी रहेको प्रहरिले जनाएको छ ।टाटा सुमो, अटो रिक्सा तथा बसमा सवार ८ जना घाइते भएका छन् । मृत्यु तथा घाइते हुनेहरुको नाम खुल्न सकेको छैन ।

दुर्घटना चुरियामाई मन्दिरबाट १ सय मिटर हेटौँडातर्फको सडकमा भएको हो । दुर्घटनामा परेको मोटरसाइकल तथा रिक्साको नम्बर प्लेट खुलिसकेको छैन । घटनाको बारेमा थप अनुशन्धान थालिएको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  ८ : ०९ बजे