मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्री थापालाई कांग्रेस नेता पौडेलको जवाफ : निर्मलाहरूलाई जोगाउन नसक्ने गृहमन्त्री पदमा रहिरहनुको के अर्थ ?



काठ्माण्डौ-

कांग्रेस नेता प्रदिप पौडेलले निर्मला हत्याकाण्डको बारेमा गृह मन्त्री रामबहादुर थापाले दिएको अभिब्यक्तिलाई गैह्र्जिम्मेवार भनेका छन ।

आजै एक कार्यक्रममा गृहमन्त्री थापाले निर्मला हत्याकाण्ड जस्ता घटनाहरु हिजो पनि थिए र भबिष्यमा पनि हुन सक्छन भन्दै उक्त हत्याकाण्डलाई सामान्य घटनाको रुपमा ब्याख्या गरेका थिए ।

गृह मन्त्री थापाको अभिब्यक्ति प्रती टिप्पणी गर्दै कांग्रेस युबा नेता पौडेललेगृहमन्त्री जस्तो जिम्मेवार व्यक्ति जसले शान्तिसुरक्षाको नेतृत्व गरेको हुन्छ उसैले तेस्तो अभिब्यक्ती दिनु दुखद भनेका छन ।

युबा नेता पौडेलले सामाजिक सञ्जाल ट्विटरमा प्रतिकृया ब्यक्त गर्दै निर्मलाहरूलाई जोगाउन नसक्ने गृहमन्त्री पदमा रहिरहनुको के अर्थ भन्ने प्रश्न उठाएका छन । नेता पौडेलले एस्ता हत्याकाण्ड फेरी हुन सक्छन भन्ने गृहमन्त्रीले राजिनामा दिनुपर्ने आशय ब्यक्त गरेका छन ।

नेता पौडेलले सरकारसग नैतिकता र ज़िम्मेदारी दुबैको खडेरी परेको समेत सङ्केत गरेका छन ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ३ : ५८ बजे