त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले अब अन्यत्र निजिमा पढाउन नपाउने



काठ्माण्डौ-

पछिल्लो समय सार्वजनिक भएका बिभिन्न काण्डहरुले देशकै जेठो त्रिभुवन विश्वविद्यालयको गरिमा घटाइरहेका बेला त्रीबिले केहि सुधाराका प्रयासहरु थालेको छ ।

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले नीजि तथा सामुदायिक क्याम्पसमा पढाउन नपाउने निर्णय गरेको छ। त्रिविले बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको हो।

अन्यत्र पढाउने हो भने त्रिविको अनुगमन निर्देशनालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ। यसरी अनुमति लिंदा सम्बन्धित प्राध्यापकले आंगिक क्याम्पसमा पढाइरहेको भन्दा फरक सिफ्ट हुनुपर्छ। एकै सिफ्टमा आंगिक र नीजि क्याम्पसमा पढाइरहेको पाइएमा कारबाही गरिने पनि त्रिविले जनाएको छ।

त्रिविले अनुमति नलिएका शिक्षक र कर्मचारीहरुलाई काममा नलगाउन समेत नीजि तथा सामुदायिक निर्देशन दिएको छ ।

त्रिविका प्राध्यापकलाई आंगिक क्याम्पसमा पढाउन छोडेर नीजिमा पढाइरहेको आरोप लाग्ने गरेको छ।

त्रीबिका प्राध्यापकहरुलाई राजनितिमा सामेल भएको समेत आरोप लाग्ने गरेको छ । बिभिन्न बेथितीहरु झेली रहेको त्रीबीलाई समयअनुकुल र प्रतिस्पर्धी बनाउन थप सुधारहरु गर्न जरुरी रहेको शिक्षाबिदहरुले बताउने गरेका छन ।

प्रकाशित मिति : श्रावण ९, २०७६ बिहीबार  १० : २० बजे