काठ्माण्डौ-
आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएको छ । उक्त खेलमा लज्जास्पद हार बेहोरेको नेपाली टोलिले नेपाली दर्शक लाई समेत निरास बनाएको छ ।
सिंगापुरसँग हारे सगै सन् २०२० को टी–२० विश्वकप खेल्ने नेपालको सपना तुहिएको छ ।
सिंगापुरले दिएको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १ सय ९ रनमै समेटिएको हो। नेपालका कुनै ब्याट्सम्यनले जिम्मेवारीपूर्ण ब्याटिङ नगर्दा सिंगापुर ८२ रनले विजयी भयो। जितसँगै सिंगापुर टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्न सफल भएको छ।
निर्धारित २० ओभरको खेलमा १५ ओभर मात्रै मैदानमा टिक्न सकेको नेपालका ४ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए ।
कप्तान पारसले १२ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए ।मध्यक्रमका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।
सिंगापुरका लागि सेलाडोर विजयाकुमारले ४ विकेट लिँदै नेपालको ब्याटिङक्रमलाई ध्वस्त बनाएका थिए निकै हतारमा देखिएका नेपाली ब्याट्सम्यान सिंगापुरका बलरसामू निरीह सावित बनेका थिए।
सिंगापुरलाई जिताउन सेलाडोर विजयकुमार एक्लैले ४ विकेट हात पारे। ४ ओभरको स्पेलमा उनले २५ रन मात्र खर्चिएका थिए। विनोथ भास्करणको नाममा २ विकेट रह्यो।
यसअघि इन्डियन एसोसियसन ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल खडा गरेको हो।










