मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भब्य कार्यक्रम सहित मनाइयो नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनको रजत जयन्ति



काठ्माण्डौ-

नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनले आफ्नो स्थापनाको रजत जयन्तिको अबसरमा काठ्माण्डौमा भब्य कार्यक्रमको आयोजना गरेको छ ।एसोसिएसनले प्रत्येक बर्षको २९ जुलाईमा कार्गो दिवस मनाउँदै आइरहेकोमा  यस बर्ष नेपालमा कार्गो दिवस मनाउन थालेको २५ वर्ष पुगेको अवसरमा होटल सोल्टी क्राउन प्लाजामा बिशेष कार्यक्रम सहित कार्गो दिबस मनाएको हो ।

दिवसको उद्घाटन समारोहका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यक्रमलाई सम्बोधन गर्दै अर्थतन्त्रको आधुनिकरण र बिकाशबाट मात्रै मुलुक सम्बृद्द बन्न सक्ने बताए ।

उपराष्ट्रपति पुनले सरकार र निजी क्षेत्रको दिगो सहकार्यले सम्बृद्दिको लक्ष्य हासिल गर्न सकिनेमा जोड दिए ।नेपाली कार्गो क्षेत्रका समस्या सग आफु जानकार रहेको बताउदै उपराष्ट्रपति पुनले कार्गो क्षेत्रका समस्याहरुको समाधानका लागी सरकारले चासो देखाउनु पर्ने बताए ।

पुनले आयात निर्यातको क्षेत्रमा कार्गो ब्यबसायीहरुले पुर्याएको योगदानको चर्चा  समेत गरे ।

कार्यक्रममा बोल्दै नेपालका लागी भारतिय राज्दुत मन्जिब सिंह पुरिले नेपाली ब्यबसायिहरुले भोगेका समस्याहरु समाधान गर्न भारत सरकार तयार रहेको उल्लेख गरे राजदुत पुरिले इलेक्ट्रोनिक ट्र्याकिङ सिस्टम लागु भएपछी नेपालमा मालसामान ल्याउन र नेपालबाट लैजान सहज भएको बताए ।राजदुत पुरिले नेपाल र भारतको बिचमा जल यातायात र रेलमार्गको सम्भाबना रहेकोमा जोड दिदै यसबाट नेपालले लाभ लिनुपर्ने उल्लेख गरे ।

तेस्तै कार्यक्रममा बोल्दै नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारका पछिल्ला निती निर्णयहरु निजी क्षेत्र मैत्री नभएको र जतततै बढाइएको करले ब्यबसायिहरु समस्यमा परेको बताइन ।अध्यक्ष राणाले भरपर्दो सडक सञ्जाल लगायतका भौतिक पुर्बाधारको अभाब र बिभिन्न प्रसाशनिक झामेलाका बिच पनि नेपालका कार्गो ब्यबसायिहरुले भर पर्दो सेवा दिइ रहेकोमा धन्यबाद दिदै  नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनलाई शुभकामना समेत ब्यक्त गरिन ।

कार्यक्रममा बोल्दै नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनका अध्यक्ष एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सरकारले ल्याएको नयाँ नीतिगत व्यवस्थाले कार्गो व्यवसायीहरु समस्यामा परेको बताउदै सरकारको ध्यानाकर्षण गराए । यो ब्यबसाय उत्पादन मुलक ब्यबसाय नभइ सेवामुलक ब्यबसाय भएकोले सरकारले कार्गो ब्यबसायलाई अनिबार्य भ्याटको दायरामा लैजान खोज्नु गलत भएकोमा अध्यक्ष कार्किले जोड दिए ।

सम्बन्धित  क्षेत्रका स्टेक होल्डर सग कुनै परामर्स नगरि नितिगत परिवर्तन गर्ने सरकारको तरिका ठीक नभएकोमा समेत कार्किले जोड दिए । कार्गो ब्यबसाय समस्यामा पर्दा त्यसले देशकै आयात निर्यात ब्यापारमा नकारात्मक असार पर्ने कुरामा सरकारको ध्यान जानुपर्ने बताउदै अध्यक्ष कार्किले यस क्षेत्रका प्रतिनिधिहरुसग परामर्स गरी कार्गो क्षेत्रका लागी छुट्टै निती बनाउन पनि सरकार सग माग गरे ।

तेस्तै कार्किले नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनको आफ्नै भवन बनिसकेको जानकारी गराउदै आगामी तीन महिना पछी एसोसिएसनको कार्यलय आफ्नै भवनमा सारिने जानकारी गराएका थिए ।कार्यक्रमम नयाँ बनाइएको एसोसिएसन भवन डिजिटल स्क्रीनबाट प्रदर्शन गरिएको थियो ।

तेस्तै कार्यक्रममा नेपाल उध्योग परि संघका अध्यक्ष सतिस मोर र भारतिय फ्रेट फरवार्ड्स एसोसिएसनका अध्यक्ष राम कृष्ण रावले आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल उध्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष एबम बर्तमान कार्यसमितिका बरीष्ठ सदस्य चण्डी ढकाल् ,महासंघका बरीष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ , चन्द्र ढकाल्, र किशोर प्रधानको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, एसोसिएसनका पूर्व अध्यक्ष राजन शर्मा, बर्तमान कार्यसमितिका उपाध्यक्षहरु मनोज अधिकारी र राजेन्द्र सङ्रौला,कोषाध्यक्ष नरेश अग्रवाल साथै कार्य समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

 

 

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : ४१ बजे