धनुषा-
धनुषाको हँसपुर नगरपालिकाका मेयररउपमेयरबीच कार्यालय सार्ने विषयलाई लिएर विवाद चर्किए पछी मंगलबार मेयर रामज्ञान मण्डल पक्षधर र उप्रमुख रेणु झा पक्षधरबीच ढुंगा हानाहान हुँदाअ उपमेयर रेणु झा सहित आधा दर्जन भ न्दा बढी घाइते भएका छन ।
हँसपुर नगरपालिकको साबिकको कार्यालयबाट सामान सार्न गएका मेयर प्रमुख रामज्ञान मण्डल पक्षधर र उप्रमुख रेणु झा पक्षधरबीच ढुंगा हानाहान हुँदै झडप भएको धनुषा प्रहरीले जनाएको छ ।
हँसपुर नगरपालिकाका मेयर र उपमेयरबीच लामो समयदेखि विवाद रहँदै आएकोमा मेयर मण्डलले केही दिनअघि बेलीमा कार्यालय सारेका थिए।
हँसपुर नगरपालिकको साबिकको कार्यालयबाट सामान सार्न गएको मेयर मण्डल र झा समूहबीच ढुंगा हानाहान भएको र त्यसपछि झडप भएको प्रहरी उपरीक्षक शेखर खनालले बताए। झडप नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज र टियर ग्यास प्रहार गरेको छ।
सामानहरू सार्न नदिई उपमेयर झाले पुरानो कार्यालयमा ताला लगाइदिएकी थिइन्। सो ताला फोडेर सामान सार्न शान्तिसुरक्षा माग्दै मण्डलले प्रशासन गुहारेका थिए।
‘प्रशासनको सहयोग लिएर प्रहरीसाथ ताला फोड्न गएको मेयर समूहमाथि झाको समूहले ढुंगामुढा गरेको थियो,’ प्रहरी उपरीक्षक खनालले भने, ‘भीड नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले दुई राउन्ड टियर ग्यास हानेको हो। प्रहरीले लाठीचार्ज गरेको छैन।’
झडपमा परी उपप्रमुख झासहित, हँसपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापर र उपप्रमुखका गाडी चालक पुण्य खत्रीलगायत आधा दर्जन घाइते भएका छन्।










