मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीको टोल फ्री नम्बर १०० मा मध्यरातसम्म ब्लफकल, महिला प्रहरिलाई फोन उठाउनै समस्या



डोटी –

जिल्ला प्रहरी कार्यालयमा नागरिकलाई सूचना दिन सजिलो होस् भन्ने उद्देश्यका साथ निःशुल्क १०० नंको फोनमा अनावश्यक फोन आउँदा प्रहरीलाई निकै सास्ती भएको छ ।

उक्त नम्बरंमा गलत सूचना तथा अनावश्यक फोन आउन थालेपछि जिल्ला प्रहरी कार्यालयको ‘कन्ट्रोल रुम’मा तैनाथ प्रहरीले सास्ती व्यहोर्नु परेको छ ।

घटना दुर्घटना र समस्याको विषयमा जानकारी गराउने प्रहरीको टोल फ्री नम्बर १०० मा घटना दुर्घटनासम्बन्धी गलत सूचना दिने, गाली गर्ने तथा महिला प्रहरीलाई जिस्काउन थालेपछि हैरानी खेप्नु परिरहेको छ ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दैनिक २०० को हाराहारीमा फोन आउँछ । “गलत सूचना आएपछि पुष्टि नहुँदा हैरानी व्यहोर्नु परेको छ”, उनले भने, “सही सूचना दिनुको सट्टा झुट्टा खबर टिपाउँदा प्रहरीलाई पुष्टि गर्नै समस्या हुने गरेको छ ।”

‘ब्लफ कल’ आउन थालेपछि प्रहरीलाई फोन उठाउन असजिलो हुने गरेको महिला प्रहरी कुसुम कार्कीले बताइन् । “मध्यरातमा फोन आउँछ, सिधै अश्लील कुरा गर्छन्”, उनले भनिन् ।

गाली गर्नेमा पुरुष र महिला दुवै रहेका छन् । प्रायःजसोले एनसेल सिमकार्ड प्रयोग गर्ने गरेका छन् । प्रहरी उपरीक्षक विद्यानन्द माझी अनावश्यक सूचना दिने तथा फोन गर्नेलाई पक्राउ गरी कारवाही नगर्दासम्म समस्या समाधान नहुने बताए । उनले भने, “मुद्दा नचलाएसम्म हुँदैन ।”

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ११ : १२ बजे