सवारी दुर्घट्नामा परि १ जनाको मृत्यु २ जना घाईते



 

साउन २६ , साेम दियाली, सर्लाही-

सवारी दुर्घटनामा परि सर्लाहीमा १ जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन ।

जिल्लाकाे कबिलासी नगरपालिका वडा नम्वर ७ सिरसिया स्थित नवलपुर मलंगवा सडक खण्डमा नवलपुरवाट मलंगवा तर्फ जाँदै गरेको बिआर ३० एम ६४३२ भारतीय नम्बरको मोटरसाइकलले पैदल यात्री कबिलासी नगरपालिका वडा नम्वर १० सलेमपुर बस्ने १४ वर्षिय बालक प्रवीण कुमार रायलाई ठक्कर दिदाँ घाईते भई उपचारको लागि जिल्ला अस्पताल मलंगवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौक कबिलासिले जनाएको छ ।

मोटरसाइकल चालक मलंगवा न .पा . ३ बस्ने २२ वर्षिय दिपु शर्मा र सोही मोटरसाइकलमा पछाडी सवार मलंगवा न .पा . ८ बस्ने १८ वर्षिय रबि कुमरा ठाकुर घाईते भएका छन । घाईते दुबै जनाको जिल्ला अस्पताल मलंगवामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। मोटरसाइकल प्रहरी चौकि कविलासीको नियन्त्रमा रहेको छ ।

मृत्क बालकको शव पोष्टमार्टम गरि परिवारको जिम्मा लगाईको सर्लाही प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले बताए ।

प्रकाशित मिति : श्रावण २६, २०७६ आईतबार  १० : १५ बजे