नेपाली क्रीकेटर सन्दीप लामिछानेलाई दिएन अमेरिकाले भिसा ,सिपिएल खेल्न जान नपाएको सन्दीपको गुनासो



काठ्माण्डौ-

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरिदिएको छ।

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका क्रिकेटर लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो ।

आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्।

सबै कागजात समावेश गर्दागर्दै पनि अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान गाह्रो भएको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार  ५ : ३१ बजे