मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब फेसबुकमै समाचार पनि आउने



काठ्माण्डौ-

समाचार सामग्रीहरु पुनः प्रकाशित गर्ने लाइसेन्स प्राप्त गर्नका लागि सोसल मिडिया साइट फेसबुकले विश्वका चर्चित समाचार एजेन्सीहरुसँग सम्झौताको तयारी गरेको छ ।

वालस्ट्रिट जर्नलका अनुसार फेसबुकले यस्ता प्रकाशक तथा सञ्चार माध्यमहरुसँग उनीहरुका समाचार फेसबुकमा पुनः प्रकाशित गर्ने सम्झौताका लागि दशौं लाख डलर तिर्नुपर्नेछ ।
पहिलो चरणमा फेसबुकले एबीसी न्युजका साथै ब्लुम्बर्ग, डाउ जोन्स तथा वाशिङटन पोष्टसँग कुरा गरिरहेको छ ।

फेसबुकले आफ्नो साइटमा समाचारको खण्ड थप गर्ने तयारी गरेको छ र सोही खण्डमा यी मिडियाहरुका समाचारलाई पुनः प्रकाशित गर्नेछ ।

समाचार एजेन्सीहरुसँग फेसबुकको सम्बन्ध विरोधाभाषपूर्ण रहँदै आएको छ । फेसबुक तथा गुगलजस्ता कम्पनीहरुले डिजिटल विज्ञापन बजारमा कब्जा जमाएको र त्यसले सञ्चार उद्योगलाई नकारात्मक असर पारेको छ । अमेरिकामा मात्रै पनि अखबार, म्यागेजिन तथा डिजिटल मिडिया कम्पनीहरुबाट फेसबुकले ठूलो परिमाणमा अनलाइन विज्ञापन खोस्न सफल भएको छ ।

यद्यपि, पछिल्लो समय मिडियाहरुले समेत फेसबुकमार्फत नै ठूलो संख्याका पाठक तथा दर्शकहरु आफूतर्फ तान्ने प्रयास गरिरहेका छन् । फेसबुकमा रहेका करोडौं प्रयोगकर्तालाई आफूसँग जोड्नका लागि फेसबुकलाई माध्यम बनाउने मिडिया एजेन्सीहरुको संख्या पनि बढिरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १ : ०३ बजे