वीरेन्द्रनगर-
कांग्रेस महामन्त्री डा . शशांक कोइरालाले महामन्त्री कोइरालाले गुटबन्दी अन्त्य नगरेसम्म कांग्रेसलाइ बलियो बनाउन नसकिने धारणा राख्दै पार्टी भित्रको गुटबन्दी अन्त्य गर्न सबैलाई आग्रह गरेका छन ।
शुक्रबार कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधीहरुका लागि वीरेन्द्रनगरमा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले गुट अन्त्यको घोषणा गर्दै भने ‘आजैका मितिदेखि केन्द्रमा कोही कसैको गुट र समूह रहनेछैन्, तपाईहरु पनि गुट र उपगुट बनाउनेतर्फ नलाग्नुहोस्’ उनले भने, ‘कांग्रेस एकतावद्ध हुँदा मात्रै कम्युनिष्टहरुसँग मुकाविला गर्न सकिन्छ।
नेपाली कांग्रेसलाई बलियो र सक्षम होस भन्ने चाहना राख्ने सबैलाई गुटमा भन्दा सिङ्गो पार्टिमा बिश्वाश राख्न आग्रह गर्दै कोइरालाले पार्टिको नेतृत्व पङ्क्तिमा रहने नेताहरुलेनै गुटको वकालत गर्नु गलत भएकोमा जोड दिए ।
अब बिगतका कमी कमजोरिहरु बिर्सेर कोइरालाले आगामी महाधिवेशनपछि पार्टी भित्रका सबै किसिमका गुटउपगुट अन्त्य गरी पहिलो पार्टी बनाउने अभियानमा लाग्न पनि सबैलाई आग्रह गरे ।
कोइरालाले डेढ वर्षको अवधिमा कम्युनिष्ट सरकारले भ्रष्टाचार र महंगीमात्रै जनतालाई उपहार दिएको बताए। ‘जनताले ठूलोे आशा र अपेक्षा गरेर कम्युनिष्टहरुलाई सत्तामा पु-याए, संघमा मात्रै होइन् प्रदेशमा पनि उनीहरुकै पूर्ण महुमत छ,’ महामन्त्री कोइरालाले भने, ‘उनीहरुले जनताको आशा र अपेक्षामाथि ठूलो घात मात्रै गरेनन् देशमा महंगी र भ्रष्टाचारलाई संस्थागत गर्ने काम मात्रै गरे।’
नेपाली कांग्रेसले सातै प्रदेशमा महाधिवेशन प्रतिनिधिका प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।