यो हप्ता तपाइका लागी कस्तो रहला ? हेर्नुहोस राशिफल



भदौ ८,२०७६ काठ्माण्डौ-

 

यो हप्ताको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । भोज भतेरमा सहभागी भईनेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । वैदेशिक क्षेत्रबाटपनि सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग नीलो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

रमाइलो यात्राको योग रहेको छ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । शुभारम्भको चर्चा चल्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन ९ का, कि, कु, घ, ङ, छ, के, को, हा ०

मनमा निरासा र शरीरमा आलस्य आउला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । प्रेममा विवादपनि रहनेछ । बुधवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । यो साताका लागि शुभअङ्क १,५ र शुभ रङ्ग गुलाबी या पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवाको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । समाजिक कार्यमा मन जाला । अतिथिको रूपमा सत्कार पईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग कलेजी रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दैनिक कार्यमा सफलता पाईनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । राजननितक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग सेता वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि वरुण भगवानको ध्यान गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रेममा मनमुटावका साथै मन कमजोर रहला । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सोमवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सफल यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ । प्रतिद्वन्दी हरुले कार्यमा अवरोध ल्याउनेछन् । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग वैजनी वा घिउरङ्ग हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग पहेँलो वा घिउरङ्ग हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर – भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

समय निकै उत्साहजनक रहनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । बैदेशिक कार्य अघी बढ्नेछ । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, दा

चोटपटकको भयछ सचेत रहनुहोला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । बुधवारबाट सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धन लाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग रातो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ

मीन – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभ रङ्ग खैरो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

प्रकाशित मिति : भाद्र ८, २०७६ आईतबार  ३ : ०० बजे