मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गाडी ट्राफिक कारबाहीमा



काठमाडौँ,

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ ।

महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई मंगलबार अपराह्न ट्राफिक प्रहरीले नयाँ बानेश्वरमा ह्वील लक गरी कारबाही गरेको हो।

पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको सो गाडीलाई ट्राफिक प्रहरीले ह्वील लक गरेर चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए।

उनका अनुसार चालक शिवराम थापाको लाइसेन्स लिएर एक हजार रुपैयाँ जरिवाना गराएर गाडी छोडिएको छ।

मंगलबार राति नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्ड अगाडि पार्किङ निषेधित क्षेत्र सडकमा पार्किङ गरेको अवस्थामा गाडी कारबाहीमा परेको हो । मन्त्री महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेको हो ।

चालकको सबै कागजागत नियन्त्रणमा लिएर एक हजार जरिवानासमेत गरिसकेको एक ट्राफिकले बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १ : ३० बजे