मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भालेले आक्रमण गर्दा एक महिलाको मृत्यु



सिड्नी –

कुखुराहरु प्राय अहिंस्रक मानिन्छ यधपी अष्ट्रेलियामा कुखुराको भालेको आक्रमणबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। आफैंले पालेको कुखुराको आक्रमणबाट वृद्धाको मृत्यु भएको अस्ट्रेलियाका प्रहरीले जनाएका छन्।

दक्षिण अस्ट्रेलियास्थित आफ्नै घर पछाडि ती महिलाको सानो खोरमा कुखुरा पालन गरेकी थिइन्। महिला कुखुराको अन्डा संकलन गर्नको लागि खोर गएकी थिइन्।

सोही क्रममा त्यहाँ भएको भालेले महिलालाई आक्रमण गरेको हो। भालेको आक्रमणबाट वृद्धाको शरीरबाट अत्याधिक रगत बगेपछि उनको निधन भएको प्रहरीले जनाएका छन्।

प्रहरीले यस घटना अनौठो भएको बताएको छ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : ०० बजे