प्रतिवन्धित लागू औषध नाईट्रोभेट सहित दुई जना पक्राउ ।।



सोम दियाली, सर्लाही-

भदौ १६ –

प्रतिवन्धित लागू औषध नाईट्रोभेट सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

त्रिभुवननगर स्थित प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले व्रह्मपुरी गाउँपालिकाको वडा नम्बर ४ मा भारतबाट मोटरसाईकलमा राखि नेपाल तर्फ ल्याउँदै गर्दा १८ पिस नाईट्रोभेट सहित दुई युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ पोखरीटोल वस्ने १७ वर्षिय अभिषेक महतो र सोही ठाउँका १५ वर्षिय चन्दन कुमार साह रहेका छन् ।

उनीहरुले भारतीय नम्बर प्लेटको मोटरसाईकलमा राखी लागूऔषध नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गरी लागू औषध र मोटरसाईकल समेत दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १६, २०७६ सोमबार  १० : २० बजे