त्रिभुवन बिश्वबिधालयको गम्भिर लापर्बाही : परीक्षार्थिलाई बाडियो पूरानै प्रश्नपत्र



काठ्माण्डौ-

पछिल्लो समय त्रिभुवन बिश्वबिधालय बिभिन्न बिबादहरुमा मुछिन थालेको छ ।कर्मचारीहरुको लापर्बाही र पदिय मर्यादाभन्दा बाहिरका कृयाकलापका कारण बिश्वबिधालय बिबादमा तानिने क्रम बढेको हो ।

यसै बिच बिश्वबिधालयले आज सञ्चालन गरेको एम. एड. प्रथम सेमेष्टरको परिक्षामा गम्भिर त्रुटी फेला परेको छ । परीक्षार्थिहरुलाई बुधबारनै परिक्षा सकिएको फाउण्डेशन अफ एजुकेशन बिषयकोको प्रष्नपत्र पत्र दिइएपछी  परिक्षा केन्द्रहरुमा तनाबपुर्ण अवस्था सिर्जना भएको छ ।

भक्तपुर बहुमुखी क्याम्पस परिक्षा केन्द्रमा एजुकेशनल साइकोलोजी विषयको  परिक्षा दिन पुगेका बिधार्थीहरुलाई पूरानै प्रष्नपत्र बाडिएपछी आक्रोशित बिधार्थीहरुले क्याम्पस परिसर भित्रै नाराबाजीको समेत प्रयास गरेका छन ।बिधार्थीहरुको भबिष्यमाथी नै खेलबाड हुने गरी बिश्वबिधालयबाट भएको घटनाको छान्बिन हुनुपर्ने आक्रोशित बिधार्थिहरुले माग गरेका छन भने क्याम्पस प्रशाशनले  भने आजै  एक घण्टापछी जबर्जस्ती परिक्षा गराएको परिक्षार्थी तारानाथ भट्टराइले जानकारी दिए ।परिक्षाको समय बिधार्थिहरुका लागी सम्बेदन्शिल समय भएकोले र्कै बिषयको प्रष्नपत्र आएपछिको तनाबपुर्ण अवस्थामा आजै जबर्जस्ती परिक्षा गराउन खोज्नु गलत भएको बताउदै आफ्नो कमजोरी लुकाउन बिधार्थिहरुलाई मार्कामा पार्ने काम गरेको भन्दै परिक्षार्थिहरुले आक्रोश ब्यक्त गरेका छन । उनिहरुले दोशीलाई कार्बाही गरिनु पर्ने माग गरेका छन ।

परीक्षामा सहभागी बिधार्थिहरुले १० नम्बरको वस्तुगत प्रश्नको हल गरिसकेपछी ६० नम्बरको विषयगत प्रश्नपत्र बाँड्ने बेला शिक्षकहरूले बुधबार परीक्षा भएकै विषयको प्रश्नपत्र परेछ भनेपछि हल्लाखल्ला सुरू भएको थियो ।

त्रिविका आंगिक र सम्बन्धन प्राप्त गरी शुक्रबार ७५ केन्द्रमा परीक्षा चलेकोमा अरू ठाउँमा आधा घन्टापछि सारेर परीक्षा चलाइए पनि कीर्तिपुरस्थित परीक्षा केन्द्रको परिक्षा भने स्थगित भएको छ ।

भुलवश अस्तिकै प्रश्न आज पनि दोहोरिएको बताउदै डिन कृष्णप्रसाद गौतमले परीक्षा समितिको बैठक बसेपछि स्थगित भएको परीक्षा सञ्चालन हुने मिति तोकिने जानकारी दिए ।

अर्कै बिषयको प्रष्नपत्र दिइएको बिषयमा त्रिभुवन बिश्वबिधालयका  परिक्षा नियन्त्रक पुष्पराज जोशिले बार्षिक परिक्षा मात्रै परिक्षा नियण्त्रण कार्यालय बल्खुले हेर्ने र सेमेष्टरको आधारमा हुने परिक्षा सम्बन्धित बिषयको डिन कार्यलयले हेर्ने भएकोले आफुलाई यो बिषयमा थाहा नभएको न्यू सञ्चारलाई  बताए ।

 

प्रकाशित मिति : भाद्र २०, २०७६ शुक्रबार  ९ : १७ बजे