मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओली नेपाल फर्किए , पत्रकारसग बोलेनन



काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किएका छन् ।

मिर्गौलाको थप उपचारका लागि भदौँ ५ गते सिङ्गापुर गएका प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्किएका हुन । प्रधानमन्त्री ओलीको सिङ्गापुरमा ‘प्लज्मा फेरेिसस’ प्रक्रियाबाट मिर्गौलाको थप उपचार गरिएको थियो ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।

विमानस्थलमा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् ।

प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतले विमानस्थलमा स्वागत गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ५१ बजे