मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको न्यूजर्सिमा साच्चिकै फेला पर्‍यो दुर्लभ दुइ टाउके सर्प



काठमाडौ , एजेन्सि-

दुइटा टाउको एउटै शरिर भएको एउटा दुर्लभ सर्प अमेरिकाको न्यूजर्सी राज्यको जङ्गलमा फेला परेको छ।उत्त विषालु सर्पलाई डलब डेभ नाम दिइएको बिबिसी समाचारमा उल्लेख छ।

एउटा पर्यावरणीय समूहले उक्त दुईटाउके सर्पलाई गत महिना फेला पारेको थियो।यो सर्पको दुईवटा पूर्ण विकसित शिर छन्। तिनमा दुईदुईवटा गरेर चारवटा आँखा र एकएकवटा जिब्रो छन्। ती अङ्ग क्रियाशील छन्।तर शरीर भने टाउकोमुनि एउटै छ।

भाग्न खोज्दा उसको शरीर साह्रो हुन्छ र त्यसो हुँदा ऊ सजिलै अरू जीवको सिकार बन्न सक्ने भएकोले प्राकृतिक वासस्थानमा उसलाई बाँच्न गाह्रो हुने पर्यावरणविद् डेभ श्नाइडरले बताएका छन।

श्नाइडरका अनुसार उनी र उनका एक सहकर्मीले अगस्ट २५ मा पाइन ब्यारन्सको जङ्गलमा डबल डेभलाई फेला पारेका थिए।श्नाइडर र उनका सहकर्मी दुवै जनाको नाम डेभिड भएकाले उनीहरूले सो सर्पलाई डबल डेभ नामकरण गरे।

श्नाइडरले सो दुर्लभ सर्प उनिहरुले आफुहरुसग राख्न र अध्ययन गर्न राज्यका सम्बन्धित निकायबाट विशेष अनुमति लिएको बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १० : ३९ बजे