मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताले प्रभावकारी सेवा पाउन नसकेको गुनासो बिच निजामती सेवा दिवस मनाइदै



काठमाडौँ –

देशभरिका निजामती कर्मचारीले आइतबार निजामती सेवा दिवस मनाउँदै छन् ।

विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि सेवा दिवस मनाउन थालिएको हो ।प्रशासनको मेरुदण्डका रुपमा रहेको निजामती अन्य सेवालाई समेत निर्देशन र नियमन गर्ने भए तापनि सोच जस्तो काम गर्न सकेको छैन ।दिवस मनाइरहँदा निजामती सेवामा सक्षम, उत्कृष्ट कर्मचारी भए तापनि सेवा प्रभावकारी बन्न नसकेको गुनासो आइरहेका छन् ।

सरकारका नीति कार्यान्वयन गराउने संस्थाका रुपमा रहेको निजामती प्रशासनले खासै विकास निर्माणमा समेत भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ । पूर्वमुख्यसचिव विमल कोइरालाले नेपालको निजामती सेवाले सोचेको जस्तो काम गर्न नसकेको बताउँछन् । मुलुकको विकास र जनताको सेवासँग प्रत्यक्ष संलग्न निजामती सेवा जुन ढङ्गले काम गर्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाई छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले नेपालका निजामती प्रशासन सक्षम भए पनि परिमाण देखाउन नसकेको आरोप लाग्ने गरेको बताउँछन् ।

उनले पहिलेको तुलनामा निजामती सेवा सुधारिँदै परिस्कृत हुँदै जनमुखी बन्दै गइरहेको बताए ।प्रशासनविद् शारदाप्रसाद त्रिताल नेपालको कर्मचारी प्रशासन दिशाहीन भएको बताउँछन् । उनले सरकारले नै कर्मचारीतन्त्र कस्तो बनाउने भन्ने कुनै योजना नभएकाले दिशाहीनबाटोमा हिँडेको बताए ।

मुलुकका कर्मचारीतन्त्रलाई सही दिशामा हिँडाउनका लागि शक्तिशाली आयोग बनाएर काम गर्नुपर्ने उनको भनाई छ ।  रासस

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ५ : ५५ बजे