डा. सन्दुक रुइत डेंगुबाट संक्रममित नर्भिक अस्पतालमा उपचार हुँदै



काठ्माण्डौ-

डेंगुको प्रकोप बढेसगै सार्बजनिक ब्यक्तीहरु र महत्वपुर्ण ओहोदाका ब्यक्तिहरुमा समेत डेंगुबाट सङ्क्रमित हुन थालेका छन ।

केहीदिन अघि मात्रै कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल डेंगुबाट संक्रममित भएका थिए भने  हाल बरीष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई डेंगु देखिएको छ।

डा. रुइतसहित उनका दुई छोरीलाई समेत डेंगुको संक्रमण देखिएको छ। उनीहरुको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ। उहाँहरुलाई डेंगुको संक्रमण देखिएको छ, ३ दिनदेखि उपचार चलिरहेको छ,’ अस्पताल स्रोतले भन्यो।

नेपालमा तीन महिनाअघि देखि देखिएको डेंगुको संक्रमणले महामारीको रुप लिएको छ। देशभरका ५६ जिल्लामा डेंगु देखिएको छ भने करिब ४ हजार बढी मानिस संक्रमित भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

डेंगुकै कारण देशभर ६ जनाको मृत्यु भएको पृष्टि भइसकेको छ।

 

प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार  ३ : ३७ बजे