जनकपुरधाम –
नेकपाको प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको छ ।
एकअर्काको कुटाईबाट झण्डै आधा दर्जन नेतारकार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये एक जनाको टाउको नै फुटेको छ ।बर्दिवासस्थित सेवा समितिको हलमा सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको प्रहरीले जनाएको छ ।पार्टीका अध्यक्ष तथा महासचिवले शपथ ग्रहण स्थगित गर्न निर्देशन दिएपनि अध्यक्ष प्रभु साहसहितकाले बलजफ्ती गर्न खोजेपछि झडप भएको थियो ।असन्तुष्ट कार्यकर्ताहरुले अध्यक्ष प्रभु साहलाई हलबाट बाहिर निकालिदिएका छन् । असन्तुष्ट समूहले नाराबाजी गर्दै कुर्सी तोड्न थालेपछि दुईतर्फी झड्प भएको छ ।
शपथ ग्रहण कार्यक्रम सुरु हुनुभन्दा अगावै नेतारकार्यकर्ताहरुले नाराबाजी सुरु गर्दै हलभित्रका कुर्सीहरु तोड्फोड गरेका ।
झड्पलाई नियन्त्रण गर्न आएको प्रहरीले लाठी प्रहार गर्दा नेकपाका सप्तरी नेता देबनाथ यादवको टाउको फुटेको छ । उनी प्रदेश कमिटि सदस्य हुन् ।यस्तै सप्तरीकै युवा नेता मधुसुदन यादवको खुट्टामा चोट लागेको छ । नेकपाका प्रदेशस्तरीय नेताहरु अहिले सुरक्षा घेरामा बसेका छन् ।
जिल्ला कमिटिमा कहिले सदस्य नै नभएका व्यक्तिलाई जिल्ला सदस्य बनाएको भन्दै सप्तरी, सिरहासहित प्रदेश २ को आठै जिल्लामा विवाद उत्पन्न भएको थियो ।यो विवादको समाधान नगरी शपथ ग्रहण गराउन लागेकाले नेतारकार्यकर्ताहरु यसअघि नै असन्तुष्ट बनेका थिए । पूर्व मन्त्री उमेश यादवले नेताहरुले आफ्ना चालक, भान्सेलाई पनि सदस्य बनाई पदाधिकारी बनाएको बताएका छन् ।










