मकवानपुर–
नेपाली कांग्रेसका महामन्त्री डा . शशांक कोइरालाले देश र जनताको पक्षमा नेपाली कांग्रेस एकजुट हुनुपर्ने अवस्था आएको बताएका छन्।
विपि कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज प्रदेश ३ ले आयोजना गरेको ‘भावी अर्थनीति र प्रजातान्त्रिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टी भित्रको अन्तर्बोरोधमा अल्झिने अहिलेको परिस्थिती नभएको बताएका हुन ।
देश र जनता प्रतिको दायित्व काँग्रेसले बिर्सनु हुँदैन भन्दै महामन्त्री कोइरालाले बर्तमान सरकारका कारण देश अफ्ठेरो परिस्थितिमा जान सक्ने खतरा रहेको भन्दै आउन सक्ने सबै चुनौतिको सामना गर्न नेपाली काँग्रेस भित्रको एकता आवाश्यक भएकोमा जोड दिए ।
जननायक बिपी कोइरालालाई स्मरण गर्दै महामन्त्री कोइरालाले वीपीको सिद्धान्त ठूलो मान्छे हैन, असल मान्छे बन भन्ने मूलमन्त्र भएको बताए । कोइरालाले वीपीको सिद्धान्तलाई आत्मसाथ गर्दै सबै नेता, कार्यकर्ता एकजुट भई पार्टीलाई एकढिक्का बनाएर अगाडि बढनुपर्नेमा जोड दिए ।
महामन्त्री डा . शशांक कोइरालाले विपी कोइरालाको विचारलाई अझै घनिभूत रुपमा अघि बढाउनुपर्ने बताए । बिचार, आस्था र समर्पणबाट बिमुख भएको राजनितिले देश्, जनाता र पार्टिको हित हुन नसक्ने भएकोले बिपिको बिचारलाई सबैले आत्मसाथ गर्न जरुरी रहेकोमा कोइरालाले जोड दिए ।
महामन्त्री कोइरालाले जननायक बिपिको स्मरण गर्दै बिपिले उठाएको बिचार काँग्रेस र सिङ्गो देशको सम्पती भएको चर्चा गर्दै बिपी बिचारको अनुषरण गर्न सके मात्रै बिपी प्रतिको दायित्व पुरा हुनेमा कोइरालाले जोड दिए ।
विपीको १०६ औं जन्मजयन्तीमा सामाजिक सञ्जाल फेशबुक मार्फत पनि महामन्त्री कोइरालाले विपीले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई बढि महत्व दिने संस्कारको विकास गर्नुभएको उल्लेख गरेका छन ।
अहिले देश र पार्टी जे-सुकै होस, म चाहीँ जसरी पनि हुनुपर्यो भन्ने संस्कारको विकास भएको भन्दै महामन्त्री कोइरालाले यस्तो परिपाटीले पार्टी र देश दुवैको हित नहुने उल्लेख गरेका छन । विपीले ठूलो मान्छे होईन, असल मान्छे हुनुपर्छ भनेको कुरालाई कोइरालाले विशेष महत्वको साथ स्मरण गराएका छन ।