विप्लवका छोरा प्रकाश चन्द पक्राउ



काठमाडौँ –

प्रहरीले प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई पक्राउ गरेको छ । चितवन मेडिकल कलेजमा अध्ययनअरत प्रकाशलाई कलेजबाटै प्रहरीले पक्राउ गरेको हो ।

कलेजमा आन्दोलन गरिरहेका बेला प्रकाशसहितका १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मेडिकल कलेजले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको फिर्ता गर्ने सहमति गरे पनि फिर्ता नगरेपछि विद्यार्थीहरुले आन्दोलन गर्दै आएका थिए ।

चितवन मेडिकल कलेजमा आन्दोलन गरेको आरोपमा उनीसहित एक दर्जनभन्दा बढी विद्यार्थी पक्राउ गरिएको चितवनका एसपी दानबहादुर मल्लले बताए।

प्रकाश मेडिकल कलेज संघर्ष समितिका संयोजक हुन्।आन्दोलनका कारण सेवा प्रभावित भएको भन्दै अस्पतालले प्रहरीलाई पत्राचार गरेपछि आन्दोलनरत विद्यार्थीलाई नियन्त्रणमा लिइएको मल्लले बताए।

प्रकाशसहित १७ जनालाई पक्राउ गरिएको प्रहरिले जनाएको छ ।

 

प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार  ५ : ४८ बजे