मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दसैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने



काठमाडौं :

यस पटकको दसैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।

यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच बिहीबार भएको छलफल् पछि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएको हो।

दसैं, तिहार र छठको अवसरमा काठमाडौंमा बस्ने लाखौं मानिस राजधानि बाहिर जाने- आउने गर्ने हुनाले उनिहरुको आवजावतलाइ सहज बनाउन हरेक बर्ष अग्रीम् टिकट् बुकिङको ब्यबस्था गर्ने गरिएको छ।

यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच बिहीबार भएको छलफल् अनुसार भाडा समायोजनको जिम्मा सरकारलाई दिइएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहिबार  ११ : ३२ बजे