मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा इन्द्रजात्रा मनाइयो : राष्ट्रपति भण्डारिले गरिन अवलोकन



काठमाडौं–

काठमाडौंमा इन्द्रजात्रा मनाइएको छ।

राष्ट्रपति विद्या भण्डारीले शुक्रबार अपरान्ह काठमाडौंको बसन्तपुरको ग्यालरी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी छिन्।  राष्ट्रपति भण्डारी दिउँसो ४ बजेतिर बसन्तपुर पुगेर जात्राको अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले स्वागत गरेका थिए ।

सो जात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि उपस्थिति रहेको थियो।

जात्रामा पहिलो पटक विदेशी पाहुनाहरु पनि सहभागी भएका थिए। काठमाडौं महानगरपालिकाको निमन्त्रणमा चीन, भारत, अमेरिका, भुटान र जापानका विभिन्न सहरका मेयरहरु सहभागी भएका थिए। उनीहरुले पनि सो जात्राको अवलोकन गरेका हुन।

 

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  २ : ५३ बजे