ज्ञानेन्द्र शाही रिहा : नेकपा कार्यकर्ताको निशानामा पर्ने खतरा



काठमाडौं–

मन्त्री योगेश भट्टराइलाई दुर्ब्यबहार गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र  शाही सोमबार रिहा भएका छन् ।

आइतबार   ललितपुरको पुल्चोकमा आफैले आयोजना गरेको पत्रकार सम्मेलनबाट शाही पक्राउ परेका थिए ।

नेपालगञ्ज विमानस्थलमा गत शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएकोमा शाहीले विरोध जनाएका थिए।उक्त विषयमा उनले आइतबार गरेको पत्रकार सम्मेलन स्थलबाटै उनि पक्राउ परेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि हुलहुज्जत गरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकर्ताले शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा आक्रमणको समेत प्रसाय गरेका थिए

। शुक्रबार प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा राखिएका शाहीलाई ‘आगामी दिनमा यस्ता गतिविधि नगर्ने शर्त’मा रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर राईले जानकारी दिए ।

ज्ञानेन्द्र  शाही रिहा भए पनि उनि अब नेकपा कार्यकर्ताको निशानामा पर्ने खतरा बढेको छ ।नेकपाका युबा सङ्गठनहरुका कार्यकर्ताहरुले शाहिलाई जिल्ला भ्रमण गर्न प्रतिबन्ध लगाउने  घोषणा गरेका छन ।

संविधानले ज्ञारेन्टी गरेको नागरिक अधिकारको खिल्ली उडाउदै वाइसीएल र युबा  सङ्गठनका कार्यकर्ताहरुले प्रेस विज्ञप्ति जारी गरेर शाहीलाई बिभिन्न जिल्लामा प्रबेष गर्न निषेध गरेको घोषणा गर्न थालेका छन ।

तेस्तै नेकपाका शिर्ष नेताहरुले गणतन्त्रबिरोधीहरु प्रती सचेत हुनुपर्ने नाउमा सरकार बिरोधिहरुको प्रतिकार गर्न युवा विद्यार्थीलाई निर्देशन दिन थालेका छन ।

केहि दिन अघी नेकपा महासचिब बिष्णु पौडेलले नेकपाका युबा बिधार्थीहरुलाई यस्तै आह्वान गरेका थिए भने आज मात्रै नेकपा अध्यक्ष प्रचण्डले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन् ।

कुनै पनि राजनितिक बिचार बोकेकै कारणले देश भित्र कुनै नागरिक असुरक्षित हुने कुरा बर्तमान सम्बिधानले गरेको परिकल्पना भन्दा धेरै टाढाको कुरा हो । नेपालको र अन्तर्‍आष्ट्रीय कानुन दुबैले  शान्ती पुर्ण रुपमा आफ्ना आफ्ना राजनितिक बिचार र कार्यक्रम राख्न, सरकार प्रतिका अषन्तुष्टी र गुनासो पोख्न र सरकार वा कुनै पनि राजनितिक पार्टिले गरेका गलत क्रीयाकलापको बिरोध गर्न पाउने नागरिक हकलाई सुरक्षित गरेको छ ।

नागरिकहरुले त्यसको बिरुद्दमा आवाज उठाउदा सत्तामा रहेकै राजनितिक दलले नागरिक अषन्तुष्टी र नागरिक आवाजका बिरुद्द राज्य संयन्त्र र कार्यकर्ता दुबै परिचालन गर्न खोज्दा त्यसले ठुलो राजनितिक दुर्घटना निम्त्याउन सक्ने राजनितिक बिश्लेशक प्रा. डा. लोकराज बरालको मत छ ।

नागरिक अशन्तुष्टीलाई कम गर्न सरकार सचेत हुनुपर्नेमा सरकार प्रतिको अशन्तुष्टी नियन्त्रण गर्न कार्यकर्ता परिचालन गर्न खोज्नुले बर्तमान सरकार र सत्तारुढ नेकपा प्रतिको अबिष्वाश र शङ्का थप बढाउने निष्चित देखिन्छ ।

 

प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार  ९ : ४७ बजे