झाँक्रीले पेटमा प्वाल पारेर गलत उपचार गर्दा बिरामिको मृत्यु, झाँक्रीबिरुद्द प्रहरीले उजुरी लिएन



धादिङ-

झाँक्रीले पेटमा प्वाल पारेर गरेको ‘गलत उपचार’ले ३९ वर्षीय राजु मगरको मृत्यु भएपनि प्रहरीले उजुरी लिन आनाकानी गरेको छ ।

दुई महिनादेखि जन्डिसले थला परेका राजुलाई मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने भन्दै झाँक्रीले पेट चिरेका थिए । उक्त घाउ निको नभएर झनै थलिएका राजुको सोमबार जिल्ला अस्पताल धादिङमै मृत्यु भएको थियो ।

राजुको शव जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । मंगलबारसम्म शव परिक्षण गरिएको छैन ।

लामा झाँक्रीविरुद्ध जाहेरी दिन गएका आफन्तजनलाई मंगलबार दिनभर प्रहरीले सबुत प्रमाणसहित आउन भनेपछि आफूहरु कागजपत्र मिलाउन लागेको मृतक राजुकी श्रीमती राधिकाले बताइन् । यो समाचार कान्तिपुर दैनिकमा हरिहरसिंह राठौरले लेखेका छन् ।

प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार  ४ : २३ बजे