नेपालगञ्ज –
निरन्तर परेको बर्षाका कारण आएको बाढीका कारण बाँकेका बिभिन्न क्षेत्र डुबानमा परेका छन । नेपाल भारत सिमानामा भारतले एक्लौटी निर्माण गरेका बाधहरुका कारण बाँकेका खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका डुबानमा परेका हुन ।
नेपालतर्फका खोलानाला एवं नदीमा पानीको सतह बढेको र सीमामा भारतले निर्माण गरेको बाँधले सो पानी छेक्दा बर्षा याममा बाँके जलमग्न बन्ने गरेकोको डुबानक्षेत्रका स्थानियहरुले बर्षौ देखी गुनासो गर्दै आइरहेका छन ।
सिमानामा भारतले एक्लौटी निर्माण गरेका बाधहरुका कारण नेपाली भुभाग बर्शेनी डुबानमा पर्ने गरेको भए पनि सरकार मौन बस्नु र डुबान समस्यालाई समस्यानै नभएकोझै गरी मौन स्विकार गर्दा तराइ क्षेत्रका नेपाली नागरिकहरुले शास्ती झेल्दै आएका छन ।
निर्बाचन अघी राष्ट्रबादका चर्का नारा लगाउने र सत्तामा पुग्दा एक शब्द नबोल्ने बर्तमान सरकारको द्दैध चरित्र अझ बुझिनसक्नु छ ।नागरिकको समस्यालाई समस्यानै नठान्ने सरकारी शैलिका कारण स्थानियहरुले बर्षौ देखी समस्या भोग्न बाध्य छन ।
यसै बिच बाकेको खजुरा गाउँपालिकामा मानखोला र जेठी नालामा आएको बाढीका कारण दशविगाह, आठ विगाह र सिन्दुरे गाउँ डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। बाढीबाट विस्थापित ६४ घरपरिवारका २५३ जना स्थानीयले अहिले स्थानीय जनसेवा माविमा आश्रय लिएका छन् ।
भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको सडकका कारण पानीको निकास नभएपछि डुढुवा गाउँपालिकाका १ को खडैँचा,सन्तलीया,पिपरहवा र टपरी क्षेत्र पनि डुबानमा परेका छन ।लक्ष्मणपुर बाँधका कारण बर्षेनी यो क्षेत्र डुवानमा पर्ने गरेको स्थानियबासीले बताएका छन । उनिहरुले सरकारले कुनै ध्यान नदिएको समेत गुनाशो गर्ने गरेका छन ।
तेस्तै जिल्लाको बेलका नगरपालिका आसपासका क्षेत्रका ३७ घरपरिवार विस्थापित भएका छन् । भदौ ३० गते रातिदेखि भारी वर्षासँगै पहिरो जाँदा बेलका ६ स्थित घारे र तित्रीबोटका १० घर राई र बोटे परिवार विस्थापित भएका हुन् । गिदेरी खोला गाउँमा पस्दा सातपत्रे र निसानटोलका २१ घर डुबानमा परेको मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।
जानकी गाउँपालिकाको शिवपुरी र साइगाउँ क्षेत्रमा पनि बाढीको पानी घरभित्र पस्दा चार परिवार विस्थापित भएका छन् भने कैयौं घरहरुमा बाढीको पानी पसेको छ ।
तेस्तै बाकेका अन्य क्षेत्रहरुपनी डुबानमा परेका समाचारहरु प्राप्त भएका छन ।
नेपाल भारत सिमानामा भारतले एक्लौटी निर्माण गरेका बाधहरुका कारण बाँके लगायत देशको तराइ भुभागका अन्य धेरै क्षेत्रहरुमा बर्षेनी डुबानको समस्या आउने गरेको भए पनि डुबान समस्याको समाधानका लागी सरकारले कुनै ठोस प्रयास गर्न सकेको छैन ।