काठ्माण्डौ-
दशैंमा घर जाने यात्रुका लागि आजदेखि अग्रिम टिकट खुला गरिएकाे छ। यातायात ब्यवसायीहरुले दशैंका लागि टिकट बुकिङ सुरु गरेका हुन्।
टिकट खुले सगै गोङ्गबु लगायत काठ्माण्डौका अन्य टिकट काउन्टरहरुमा यात्रुहरुको घुइचो लागेको छ । टिकट खुले सगै गोङ्गबु लगायत काठ्माण्डौका अन्य टिकट काउन्टरहरुमा यात्रु हरुको घुइचो लागेको छ ।यात्रुहरु आइतबार बिहान तीन बजेदेखि लाइन लागेका छन्।हजारौँ मानिसहरु एकैपटक ओइरिएपछि टिकट लिन जादा घण्टौँ लाइन लाग्नु परेको यात्रुहरुले बताएका छन ।
राजधानी बाहिरा घर भइ पढाइ काम र बिभिन्न पेशाका सिलसिलामा काठ्माण्डौमा रहनेहरु आ-आफ्नो परिवारसग दशै मनाउन घर फर्किने हुनाले दशै वरपरा यात्रुहरुको चाप बढ्ने गर्दछ ।यसपटकको दशैंमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ।
कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेल लगायतका स्थानबाट अग्रिम टिकट लिन सकिने ब्यवसायीहरुले बताएका छन्। ।