२०७६ आश्विन ५ गते देखी ११ गते सम्मको राशिफल (नेपाली पात्रो बाट)
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहयोगीहरू टाढिनेछन् र साझेदारीको विवादले संयुक्त आधारशिला कमजोर बन्नेछ। आफन्तबीच मतभेद देखापर्नेछ। आफ्नैले झुक्याउन सक्छन्, गोपनीयतामा सजग रहनुहोला। भौतिक साधनको कमीले पनि अप्ठ्यारो पर्न सक्छ। उपलब्धिका लागि केही संघर्ष गर्नुपर्ने समय छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। सप्ताहान्तमा भने समस्या समाधान हुनुका साथै कर्मगतिले उचाइको मार्ग अवलम्बन गर्नेछ। दिगो काम प्रारम्भ हुनेछ। आँटले लक्ष्यमा पुर्याउन सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धिभ्रम हुनेछ। अरूको बहकाउमा पर्दा काम बिग्रनेछ। मंगलवार र बुधवार स्थितिमा सुधार आउनाले नयाँ अवसर समेत प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि हट्नेछन् । व्यापारमा मनग्गे फाइदा हुनेछ। बिहीवारदेखि जिम्मेवारीका साथै चुनौती पनि बढ्नेछ। परिवारमा असमझदारी बढ्न सक्छ। अध्ययनमा समय दिन नसक्दा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। विशेष योजनाहरू गोप्य राख्नुहोला।
मिथुन-( का, कि, कु, घ, ङ, छ, के, को, ह
इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तर वैचारिक द्वन्द्वले उपलब्धि धकेलिन सक्छ। बोली ,व्यवहारमा सजग नहुँदा आफ्नै समूहमा आलोचित भइनेछ। व्यवसायमा उतारचढाव देखिए पनि बिहीवार र शुक्रवार भने विभिन्न अवसर प्राप्त हुनेछन् र सोचेको काम सम्पादन गर्न सकिनेछ। आँटले काम लिँदा लक्ष्यमा पुगिनेछ। विद्यार्थीहरूलाई मेहनतले मात्र लक्ष्यमा पुर्याउन सक्छ। सप्ताहान्तमा गोपनीयता बाहिरिन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा दौडधुप गर्नुपरे मिहिनेतले विशेष अवसर दिलाउन सक्छ। पारिवारिक भेटघाटले गृहस्थी रमाइलो बन्नेछ। अध्ययनतर्फ सामान्य उपलब्धि हुनेछ। तर बीचमा फजुल खर्च बढ्ने, काम रोकिने र विवादमा परिने सम्भावना देखिएकाले बोली(व्यवहारमा सजग रहनुहोला। सप्ताहान्तमा अग्रजहरूको सहयोग जुट्नुका साथै काम बन्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। विशेष जिम्मेवारी प्राप्त हुनेछ र अवसरले थप ऊर्जा प्रदान गर्नेछ। आयस्रोत बढ्नाले उत्साहित भइनेछ। ९नेपाली पात्रो०
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा आम्दानीका स्रोत बढ्नुका साथै मनग्य आयआर्जन हुनेछ। भौतिक साधन जोड्ने समय छ। धेरै आवश्यकता पूरा हुनेछन्। मंगलवारदेखि सरसापटमा धन बाहिरिन सक्छ। अधुरो काम पूरा गर्नलाई पनि खर्च बढ्नेछ। तापनि लगानीद्वारा भविष्यको मार्गचित्र कोर्ने समय छ। बिहीवार र शुक्रवार आफन्तसँग रमाइलो भेटघाट हुनेछ । अध्ययनमा प्रगति हुनेछ । सप्ताहान्तमा महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। समयको पालना नगर्दा बित्थैमा आलोचित भइनेछ र आम्दानी गुम्न सक्छ। ९नेपाली पात्रो०
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न अवसर पाइनेछ तर कामले वादविवाद निम्त्याउन सक्छ। मंगलवारदेखि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। आयस्रोत सबल बन्नेछ। छोटो समयमै काम बन्नुका साथै धनलाभ हुनाले मन उत्साहित बन्नेछ। लामो समयदेखिको खाँचो टर्नेछ। बिहीवारदेखि खर्च बढ्नाले अर्थ अभाव खट्किनेछ। आँटेको कामका लागि सञ्चित धन अपुग हुनाले थप रकम जुटाउन कर्जा लिनुपर्ला। सप्ताहान्तमा अवसरवादीहरूले अलमल्याउन सक्छन्। बिस्तारै काम भने सम्पादन हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुरुमा विवादास्पद काममा हात हाल्नाले आलोचित भइनेछ। खराब संगतले मानसम्मानमा आघात पुर्याउन सक्छ। अध्ययनमा पनि राम्रो नतिजा ल्याउन नसकिएला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। पेसातर्फ आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ र व्यवसायबाट मनग्य लाभ उठाउन सकिनेछ। सप्ताहान्तमा खर्च बढ्नाले अर्थअभाव समेत देखापर्नेछ। बलजफ्ती गर्दा काम पनि बिग्रनेछ। व्यवहार सुल्झाउन कर्जा लिनुपर्ने हुन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा व्यावहारिक कठिनाइ देखा पर्नाले काम रोकिन सक्छ। तर समय लागे पनि मिहिनेतले उपलब्धि भने दिलाउनेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। मंगलवार र बुधवार अरूका काममा अलमल हुनेछ। बिहीवारदेखि पदासीन व्यक्तिको सहयोग जुट्नुका साथै कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। अध्येताहरूलाई नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा आयस्रोत सबल बन्नेछ। जीवनशैलीमा सुधार आउनेछ। व्यापार फस्टाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साताको सुरुवात रमाइलो रहनेछ। व्यापारको गतिले उचाइको मार्ग अवलम्बन गर्नेछ। खर्च लागे पनि विदेश ताक्नेहरूको मनोरथ पूरा हुनेछ । तर ईर्ष्या गर्नेहरूले व्यर्थैमा दुःख दिनेछन्। मंगलवारदेखि स्वास्थ्य कमजोर रहनेछ र कामको चाप बढ्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थितिवश लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ। सप्ताहान्तमा भने स्थितिमा सुधार आउनेछ। सहयोगीहरूले साथ दिनेछन् र कर्मयोगले उचाइमा पुर्याउनेछ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुरुमा विवादास्पद कामले झमेला निम्त्याउन सक्छ। ईर्ष्या गर्नेहरूले व्यर्थैमा दुस्ख दिनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै व्यापार–व्यवसायमा फाइदा हुनेछ। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। तर, बिहीवार र शुक्रवार स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समय दिन नसकिएला। काममा संघर्ष गर्नुपरे पनि सम्भावनाका ढोकाहरू खुल्नेछन्। मिहिनेतले अवसर पनि दिलाउनेछ। सप्ताहान्तमा भने आफ्ना कामका लागि अरूको मुख ताक्नुपर्ने स्थिति आउन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
यो साता अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। प्रतिस्पर्धीहरूले दुस्ख दिनेछन्। अर्थअभाव र शत्रुबाधाले काम रोकिन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनका लागि भ्रमण गर्ने साइत जुर्न सक्छ। रमाइलो यात्राका बीच प्रियजनसँग भेटघाट हुनेछ। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। सप्ताहान्तमा भने जिम्मेवारी बढ्नेछ। अर्थ अभावले सताउन सक्छ। अरूका लागि समय खर्च हुनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा आफन्तको आश्वासन प्राप्त भए पनि सहयोग नजुट्न सक्छ। घर–परिवारमा असमझदारी बढ्नेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययन र काममा समय दिन नसकिएला। जोस–जाँगरमा पनि कमी आउनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ र प्रतिस्पर्धीहरूले हार खानेछन्। सप्ताहन्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। पेसा–व्यवसायमा आम्दानी बढ्नेछ।