मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाहीमा झण्डै साढे ८ लाख मुल्य बराबरको ५० बोरा गुटखा बरामद



सोम दियाली, सर्लाही

असोज ५ –

शसस्त्र प्रहरी बल सर्लाहीले झण्डै साँढे ८ लाख मुल्य बराबरको ५० बोरा अवैध गुटखा बरामद गरेको छ ।

नवलपुबाट सदरमुकाम मलंगवा तर्फ गई रहेको ना २ च ५९६८ नम्वरको पिकअप भ्यानमा चेकजाँच गर्दा सो मूल्य बरवारको अवैध गुट्खा बरामद भएको शसस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल १० नं.गण कविलासीका प्रहरी नायव निरीक्षक प्रमोद कुमार सिंहको टोलीले विशेष सुराकीको अधारमा कविलासी नगरपालिकाको अगर्वा बजार चोकमा चेकजाँच गर्ने क्रममा ८ लाख ३९ हजार ४ सय ४८ रुपैया मुल्य बराबरको पानकिङ्ग लेखिएको गुटखा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल १० नं.गण कविलासीले जनाएको छ ।

कपिलबस्तु जिल्ला स्थित शिवराज गाउँपालिका वडा नं. ५ मा रहेको लुम्बनी पान मसाला तथा सुर्ति गुटखा उद्योगबाट उत्पादन गरिएको पानकिङ्ग गुटखामा क्यान्सर देखिने गरी राखिएको तस्विरमा ९० प्रतिशत स्वास्थ्य चेतावनी लेखिएको हुनुपर्नेमा मात्र ४० प्रतिशत स्वास्थ्य चेतावनी लेखिएको तस्विर भएकोले उक्त गुटखा र गुट्खा बोक्न प्रयोग गरिएको पिकअप भ्यान समेत बरामद गरि आवश्यक कार्वाहिको लागि जिल्ला प्रशासन कार्यलयमा बुझाईएको सशस्त्र प्रहरी बल कविलासीका संचार शाखामा कार्यरत प्रहरी जवान डम्बर बहादुर बुधाथोकीले बताए । बरामद गरिएको गुटखाको बिलमा राजस्व तिरिएको भए पनि बिल पनि नक्कली हुन सक्ने सम्भावना भएकोले अनुसन्धान कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले जानकारी दिए ।

सूर्तिजन्य पदार्थ नियन्त्रण ऐन २०६८ अनुसार सुर्तिजन्य पदार्थमा ९० प्रतिशत स्वास्थ्य चेतावनी लेखिने व्यवस्था भए पनि ऐनको मापदण्ड विपरित अहिले खुल्ला रुपमा सर्लाही जिल्लाका विभिन्न बजारहरुमा सुर्तिजन्य पदार्थ विक्रि वितरण भईरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १ : ५१ बजे