चितवन –
चितवनको कार्टृन उत्पादन गर्ने उद्योगमा आगलागी भएको छ ।
कागजका कार्टुनहरु उत्पादन गर्ने भरतपुर महानगरपालिका–४ नारायणगढ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा आगलागी भएको हो । मंगलबार बिहान करिब २ बजेतिर परेको लगातारको चट्याङपछि कारखानामा आगोको मुस्लो देखिएको स्थानीयले बताए । आगो नियन्त्रणको प्रयास जारी रहेको नारायणगढ प्रहरीले जनाएको छ । दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन खटिएका छन् ।
आगोले उत्पादन भएका कार्टुनहरु र कार्टुन उत्पादन गर्न गोदाममा राखेका कागजका ठूल्ठूला रोलहरु सबै नष्ट गरेको छ । आगोको ज्वाला नियन्त्रणमा आएको छ तर कागजको थुप्रोमा लागेको सबै खाले आगो निभाउन १० बजेसम्म लाग्ने घटनास्थलमा खटिएका प्रहरीले बताए ।