आगामी बडादसैंमा कुन दिन कुन समय शुभ ? (सूचीसहित)



काठमाडौं-

बडादसैंका १० दिनका शुभसाइतहरुको बारेमा  नेपाल पञ्चाङ निर्णायक समितिले जानकारी गराएको छ।

समितिले गराएको जानकारी अनुसार  घटस्थापनाको शुभसाइत आइतबार बिहान १०ः ३५ मा रहेको जनाइएको छ।

असोज १३ (मंगलबार) झण्डा फेर्नको लागि १०ः२५ को समय शुभ हुने उल्लेख गर्दै सोहीअनुसार व्यवस्थापन गर्न मातहतका कार्यलयलाई जानकारी गराइएको छ।

असोज १६ मा श्रीपचली भैरवयात्रा, १८ गते फूलपाती तथा श्रीतुलजाभवानी यात्राको साइत बिहान ८ः५२ बजे हुने जानकारी गराइएको छ।

असोज २१ मा विजयादशमी, देवी विसर्जन बिहान ८ः४५ को साइत शुभ रहेको नेपाल पञ्चाङ निर्णायक समितिलाई उद्धृत गर्दै गृह मन्त्रालयले जनाएको छ।

टिकाका लागि उत्तम साइत बिहान १०ः३५, सोही दिन श्रीतुलजाभवानी यात्रा बिहान १०ः४७ र स्थिरासन बिहान ११ः२१ मा खड्गयात्रा हुने जनाइएको छ।

प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार  २ : ३५ बजे