ज्ञानेन्द्र शाहीमाथी चितवनमा आक्रमण, शाही गम्भिर घाइते



काठमाडौँ–

भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाही चितवनमा पूर्व वाइसिएल कार्यकर्ताले आक्रमण गरेका छन ।चितवनमा प्राथमिक उपचारपछि उनलाई काठमाण्डौं पठाइएको छ । थप उपचार र जिल्लाको शान्ति सुरक्षा नबिगि्रयोस् भनेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

पछिल्लो समय उनले नेपालका लागि नेपाली अभियानको ब्यानरमा देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आइरहेका थिए ।उक्त अभियानले भरतपुर चौविसकोठीमा शनिबार आयोजना गरेको भ्रष्टाचार विरोधी कार्यक्रममा भाग लिना शाही त्यस्तर्फ जान लागेका थिए ।पूर्व वाईसीएल शाहीलाई निर्घात कुटपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए।

वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आक्रमणबाट अन्य पाँच जनासमेत घाइते भएको बताए।घाइते हुनेमा बाबुराम र प्रचण्डलाई हेग पुर्‍याउने चेतावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट समेत रहेका छन ।शाहीलाई नेकपाको युवा संगठनले चितवन प्रवेशमा रोक लागाएको थियो।उनी माथी यस अघी पनि आक्रमण भएको थियो ।

प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार  २ : ०९ बजे