काठमाडौं–
चितवन मेडिकल कलेजलाई आन्दोलनरत विद्यार्थीले २४ घन्टे अल्टिमेटम दिएका छन्।
अवैध रुपमा असुलेको रकम फिर्ताको माग गर्दै उक्त कलेज बिरुद्द बिधार्थिहरुले हाल आन्दोलन गरी रहेका छन ।
अवैध रुपमा असुलेको रकमका विषयमा प्रतिवेदन तयारीका बाँकी सम्पूर्ण काम सक्न विद्यार्थीहरुले कलेजलाई २४ घन्टे अल्टिमेटम दिएका हुन्।
असोज १२ गते विज्ञप्ति निकाल्दै विद्यार्थीले असोज १३ गते बिहान ११ बजेसम्म उक्त काम नभए भएन भने चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र आम नागरिक सम्मिलित वृहत् विरोध कार्यक्रम गर्ने उल्लेख गरेका छन्।विगतमा जिल्ला प्रशासन कार्यालयमा भएको सम्झौताबाट चितवन मेडिकल कलेज पक्ष पछि हटेमा अवैध शुल्कमा व्याज र जरिवाना थपेर असुली गर्नेगरी आन्दोलनलाई थप घनीभुत बनाउँदै लैजाने आन्दोलनरत विद्यार्थीले विज्ञप्तिमार्फत चेतावनी दिएका छन्।
साथै अवैध रकम फिर्ता नहुन्जेलसम्म विरोध कार्यक्रम जारी राख्ने उनीहरुले घोषणा गरेका छन्।
आन्दोलनमा उपस्थित हुन सम्पूर्ण चितवनवासीलाई विज्ञप्तिमार्फत आग्रहसमेत गरिएको छ।