कांग्रेस नेता मिनेन्द्र रिजालमाथि तनहुँमा नेकपा कार्यकर्ताद्वारा आक्रमण प्रयास



तनहुँ-

तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका नेपाली कांग्रेसका नेता डा . मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताहरुको समुहले आक्रमणको प्रयास गरेको छ ।

तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका नेपाली कांग्रेसका नेता डा . मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताहरुको समुहले आक्रमणको प्रयास गरेको छ ।

यस अघी नेता डा . रिजालबाट भवन उद्घाटन गराउने गाउँपालिकाको निर्णय अनुसार त्यस तर्फ जान लागेका रिजालालाइ नेकपाका कार्यकर्ताहरुले गाउँपालिका कार्यालय जान नदिन बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेका थिए ।

उक्त अबरोध छिचोल्दै अघी बढेका नेता रिजालमाथी नेकपा कार्यकर्ताहरुले हतियार र लाठीले आक्रमणको प्रयास गरेका थिए ।अबरोधका बाबजुत नेता रिजाल हाल कांग्रेसका स्थानीय नेता-कार्यकर्ताहरुका साथ अहिले गाउँपालिका कार्यालय पुगिसकेका छन् ।

यसै बिच यसैबीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर रिजाललाई नेकपाका कार्यकर्ताहरुले मण्डले शैलीमा अवरोध गरेको बताएका छन ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँके जिल्ला सभापति किरण कोइरालामाथि दोश्रो जागरण अभियानमा आक्रमण गरेको घटनाका दोषिलाई सरकारले कारवाही नगरेको अवस्थामा कांग्रेसका नेता पूर्वमन्त्री डा मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने फाँसिवादी शैलीमा अवरोध गरेको घटना घोर आपत्तीजनक भन्दै सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन ।

प्रकाशित मिति : आश्विन १२, २०७६ आईतबार  १२ : १४ बजे