ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको अनुसन्धानका लागि समिति गठन



चितवन –

जिल्ला प्रहरी कार्यालय चितवनलेले ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको अनुसन्धानका लागि समिति गठन गरेको छ ।

प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । ।

मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको हो ।

शनिबार दिउँसो चितवनको भरतपुरमा शाही आक्रमण भएको थियो । उनी चढेको माइक्रोबसमा आक्रमण भएको हो । सो क्रममा घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि सोही दिन काठमाडौँ लगिएको थियो ।

 

प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार  १२ : ५१ बजे