मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छिन्नमस्ता लगायत सप्तरीका प्रसिद्द शक्तिपीठहरुमा श्रद्धालुको घुँइचो



राजविराज-

सप्तरीको प्रसिद्ध छिन्नमस्ता, कंकालिनी भगवती, राजदेवी लगायत शक्तिपीठहरुमा श्रद्धालुको घुँइचो लाग्न थालेको छ ।

यस अवसरमा शक्तिपीठहरुलाई झकिझकाउ पारिएको छ भने ठाउँठाउँमा मेला लागेको छ ।

मन्दिर समिति तथा विभिन्न युवा क्लवले लाखौं रुँपैया खर्चेर शक्तिपीठहरुलाई दुलही झैं सिंगारेका छन् । प्रमुख शक्तिपीठि छिन्नमस्ता र कंकालिनी मन्दिरलाई आकर्षक र झकिझकाउ बनाउ मन्दिर समिति र युवा समितिले १० लाख भन्दा बढी रकम खर्च गरेको छ ।

दशैंको बेला नेपाल तथा छिमेकी मुलुक भारतका धर्मावलम्बीहरुको घुँइचो लाग्ने छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी मन्दिरमा श्रद्धालुको पुजाआजा दर्शनका लागि आवश्यक सबै ब्यवस्था मिलाइएको छ ।
लाखौंको संख्यामा आउने झक्तजनका लागि खानेपानी, शौचालय, सुरक्षा, रात बिताउनेका लागि उपयुक्त वास स्थललगायतका सबै व्यवस्था मिलाइएको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुरले बताए । यस वर्ष करि ६० लाख श्रद्धालु आउने अनुमान गरिएको उनको भनाई छ । यस वर्ष यहाँ करिब १५ हजार बोका बली प्रदान गरिने उनले अनुमान गरेका छन् ।

यस्तै कंकालिनीदेवी मन्दिर प्राङ्गणमा देवीको दर्शन र मन्दिरको परिसरमा हुने राँगा वली यहाँको मुख्य आकर्षण केन्द्र मानिन्छ ।

राँगा वली व्यवस्थापन, भक्तजनाका लागि प्रतिक्षालय, मञ्च, पण्डाल, खानेपानी, फलफुल, मिठाई तथा प्रसाद सामाग्रिको पसल, धर्मशाला लगायतका सम्पूर्ण व्यवस्था मन्दिर समितिले नै मिलाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ५ : ५९ बजे