जुवातास खेल्ने आठ जना पक्राउ



नेपालगन्ज-

दशैँको मनाउन भन्दै जुवातास खेल्ने आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।

शनिबार मध्यराति इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार, उनीहरुलाई जुवाखालसहित रु ९० हजारभन्दा बढी रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

चाडपर्वलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरले आपराधिक गतिविधि नियन्त्रण गर्नतर्फ लागेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार  ४ : ५५ बजे