मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी–२० क्रिकेटको दोस्रो खेलमा नेपालद्वारा नेदरल्याण्ड पराजित,करण केसी बने नायक



काठमाडौ–

टी–२० क्रिकेट शृङखलाको दोस्रो खेलमा नेपालले नेदरल्याण्डबिरुद्द जित हात पारेको छ ।

खेलमा करण केसीले अन्तिम ओभरमा दुई छक्का र एक चौका हान्दै नेपाललाई जिताए ।

सय २४ रनमा ९ विकेट गुमाएर हारको नजिम पुगिसकेको नेपालालाइ करण केसीले जितको पक्ष्यमा पक्षमा मोडे ।एक मात्र विकेट बाकी रहदा ४८ बलमा ५१ रन ल्याउनै पर्ने अवस्थाआमाअ उनले चार छक्का र तीन चौकासहित ३१ बलमा ४२ रन बनाए । अन्तिम दुई बलमा ८ रन चाहिँदा उनले छक्का र दुई रन हानेका थिए ।

विस्फोटक ब्याटिङ गरेका करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाए । यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए । बिनोद भण्डारीले २६ रन जोडे । नेदरल्याण्डका भान डेर मर्वीले २ विकेट लिए ।

१९।३ ओभरमा १३३ रनमै नेदरल्याण्ड्सलाई अल आउट गर्न सफल भएपछि नेपालले मध्यम लक्ष्य पछ्याएको थियो । नेदरल्याण्डलाई सस्तैमा समेट्न करन केसी र सन्दीप लामिछानेको योगदान उत्कृष्ट रहेको थियो । करन केसी र लामिछानेले व्यक्तिगत ४÷४ विकेट लिएपछि नेदरल्याण्ड्सको टोलीलाई १३३ रनमै सिमित भएको हो । यसअघि आइतबार भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।

ब्याटिङतर्फ नेदरल्याण्ड्सका लागि म्याक्स ओदाउदले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाए ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ११ : ३६ बजे