मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीबासिलाई सुखी बनाउने अठोट पुरा गर्न विजयादशमीले प्रेरणा मिलोस :मुख्यमन्त्री शाही



२१ असोज, सुर्खेत –

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विजयादशमी, तिहार र छठ पर्वका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माणको अभिभारा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शुभकामना सन्देश मार्फत उनले ‘समृद्ध कर्णाली र सुखी कर्णालीवासी’ को अठोट पूरा गर्न विजयादशमी लगायतका चाडपर्वले सबैमा प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन ।

शाहीले प्रशासनिक संरचना, कानून, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका बाबजुद पनि प्रदेश सरकारले छाटो अवधिमै कर्णालीको विकास गर्न सफल भएको उल्लेख गरेका छन ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १० : २० बजे