काठमाडौं, २ कार्तिक
यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेपछी अस्पताल भर्ना गरिएका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा एकपछि अर्को समस्या देखिन थालेको छ ।
उच्च रक्तचापको समस्या भएपछि उनलाई पक्राउ गरेको चार दिनपछि नै काठमाडौंको थापाथलीस्थित् नर्भिक ईन्टरनेश्नल हस्पिटलमा राखेर उपचार गराईँदै आईएको थियो । हिजोरातिबाट भने उनको मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ ।
उनलाई जनरल वार्डवाट सीसीयू कक्षमा भर्ना गरेर एन्जिओग्राम गरिएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ ।
महराको मुटुको देब्रेपट्टि केही समस्य देखिएकाले थप उपचार र परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।
लगातार बिरामी परेपछी उनको बयान लिन समेत प्रहरिलाई समस्या परिरहेको छ ।










