चितवन-
गत असोज २६ गते चितवन मेडिकल कलेज, भरतपुरमा नाकको शल्यक्रिया गराउन आएकी नवलपुर कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको मृत्यु भएपछी चितवन मेडिकल कलेज तनाब ग्रस्त बनेको छ ।
ज्ञवालीको मृत्युको बिरामीको मृत्युको विषयलाई लिएर पीडित पक्षले नाराबाजी उत्रेपछी प्रहरिले हस्तक्षेप गर्दा भएको झडपमा पाँच प्रहरी घाइते भएका छन भने प्रहरीले १२ जना मृतकका आफन्तलाई नियन्त्रणमा लिएको छ ।
बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले नाराबाजी सगै अस्पतालको आइसियु, सिसियु, गेट लगायतका क्षेत्रमा तोडफोड गरेका थिए । अस्पतालमा मृतकका आफन्तले उग्र प्रदर्शन र तोडफोड गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गर्नुपरेको पनि बताइएको छ।
घटनाको विषयमा विस्तृत अध्ययन भइरहेको प्रहरीले जनाएको छ।