मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डको गुनासो प्रधानमन्त्री ओलिले सुन्लान त ?



काठ्माण्डौ-

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्ड बिचको सम्बन्ध बिग्रीएको समाचारले सबैको ध्यान तानेको छ ।बिगत केहि बर्ष अघाडी देखीको दुइ नेता बिचको सम्बन्ध हेर्ने हो भने प्रधानमन्त्री ओली र प्रचण्ड कुन बिला नजिक र टाढा हुन्छन त्यसको अनुमान लगाउन कठिन छ ।

ओली र प्रचण्ड बिचमा सैद्दन्तिक करणले, बिचारको मतभिन्नताले या नितिगत असहमतिले भन्दा पनि पार्टी भित्रको भागबण्डा र शक्ती बाडाफाडमा कुरा नमिल्दा पटक पटक मनमुटाब सार्बजनिक हुने र भागबण्डामा कुरा मिल्नासाथ सम्बन्ध सामान्य हुने पुरानै कुरा हो ।

पछिल्लो समय पनि ओलि र प्रचण्डको सम्बन्धमा दरारहरु देखिएका छन ।

प्रधानमन्त्री ओलिले ओलीले पुराना सहमति कार्यान्वयनमा चासो नदेखाएकोले प्रचण्ड असन्तुष्ट बनेको भनिएको छ । तेस्तै मिलिनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ को परियोजनासम्बन्धी सम्झौतालाई संसदबाट अनुमोदन गराउन तत्कालीन सभामुख महराले असहयोग गरेको भन्ने ओलीको अभिव्यक्तिप्रति पनि प्रचण्ड सन्तुष्ट छैनन् भनिएको छ ।

प्रचण्डका असन्तुष्टीहरु बेला बेला सार्बजनिक हुने गरेका भए पनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलिले प्रचण्डका असन्तुष्टीलाई खासै वास्ता गरेको देखिदैन ।आगामी दिनमा समेत प्रधानमन्त्री ओलि प्रचण्डका सबै सर्त मान्न तयार देखिदैनन ।

प्रचण्डले यस अघी नै प्रधानमन्त्रीमा आलोपालो सहमतिको कुरा सार्बजनिक गरी सकेका छन ।प्रचण्डले ब्याख्या गरेको पूर्व सहमती लाई मान्ने हो भने  ओलि ले आलोपालो प्रधानमन्त्री का लागी भएको भनिएको पूर्व सहमती अनुसार प्रचण्डलाई प्रधानमन्त्री छोड्नुपर्ने देखिन्छ ।

बेला बेला सार्बजनिक हुने प्रचण्डका असहमतिलाई प्रधानमन्त्री ओलिले केबल  गुनासोको रुपमा मात्रै लिएको देखिन्छ ।अहिलेका सर्बशक्तिमान प्रधानमन्त्री ओलि के प्रचण्डको गुनासो गरेका भरमा गल्लान ? तेस्तो सम्भाबना तत्कालालाइ देखिदैन ।

बिगता देखिको प्रचण्डको अस्थिर चरित्रलाई हेर्ने हो भने पार्टी भित्र गुनासो गर्ने भूमिकामा प्रचण्ड कती समय बस्लान ? या प्रचण्डले कुनै ठुलो निर्णय गर्लान ? कुनै अनुमान लगाउन कठिन छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ३ : २४ बजे