भ्रष्टाचार छानबिन भए भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ जेल जाने निष्चित :नेकपा नेता रामचन्द्र झा



जनकपुरधाम –

नेकपाका नेता रामचन्द्र झाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ माथी छनबिन भए मन्त्री महासेठ भ्रष्टाचारको कारण जेल नै चलान हुने ठोकुवा गरेका छन । नेता झाले मन्त्री महासेठका कारण बर्तमान सरकार बदनाम भएको आरोप लगाएका छन् ।

सोमबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगरमा आयोजित नेकपाको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेता झाले मन्त्री महासेठले विकास निर्माणको नाममा चैते विकासे निर्माण गरेको र निर्माण हुने वितिकै भत्किन थालेकाले अहिलेको सरकारको आलोचना भएको उनको भनाइ थियो ।

मन्त्री महासेठले पार्टी संगठनमा मात्र नभई राज्यको ढुकुटीमाथि पनि कुनियती राखेकाले ओली सरकार बदनाम भएको झाको दाबी छ ।

अख्तियारले  भएमा मन्त्री महासेठ भ्रष्टाचारको कारण जेल नै चलान हुने समेत उनले ठोकुवा गरे । उनले भने, ‘ठूलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत हो । छिट्टै उनी जेल जाने छन् । तसर्थ हामी तपाईहरुलाई सचेत गराउन आएका हौ । कम्युनिस्ट पार्टीमा जनता र राष्ट्रको योगदान लागि मात्र हो ।’

नेता झाले नेकपा धनुषा जिल्ला कमिटीमा लिखित उजुरी दिएको बताउदैँ नेता कार्यकर्तामाथि अन्याय भए आन्दोलनमा उत्रिने चेतावनी दिए ।

प्रकाशित मिति : कार्तिक ५, २०७६ मंगलबार  ६ : १८ बजे