मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपराधमा सम्लग्न भिआपी ब्यक्ती भए पनि अपराधीनै हुन : प्रदिप पौडेल



काठ्माण्डौ-

काँग्रेसका केन्द्रीय सदस्य एबम युवा नेता प्रदिप पौडेलले भिआपी ब्यक्ती भए पनि अपराधमा सम्लग्न भएपछी अपराधी नै हुने टिप्पणी गरेका छन ।

जुवाखालबाट पक्राउ परेका ब्यक्तीहरुलाई भिआपी भनि गरिएको सम्बोधन प्रती लक्षित गर्दै नेता पौडेलले जुवाडे,बलात्कारी आतंककारी,भ्रष्टाचारी र कानुनक विपरित कार्य गर्ने काेई पनि भिआईपि हुन नसक्ने उल्लेख गरेका हुन ।

सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै युबा नेता पौडेलले भिआईपि भएपनि जघन्य अपराध गरेपछि अपराधी हुने धारणा ब्यक्त गरेका छन ।

समाजमा आपराधिक घटना बढी रहेको बेला भिआइपी र सामान्य नागरिक जोसुकैलाई बराबरीको ब्यबहार गर्नुपर्ने नेता पौडेलले सङ्केत गरेका छन ।

पौडेलले अपराधिक कार्यमा जुन सुकै ओहोदाको ब्यक्ती सम्लग्न भए पनि कार्बाही गर्नुपर्ने आवाज उठाउदै आएका छन ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ८ : ३२ बजे