काठ्माण्डौ-
२०७६ साल कार्तिक १७ गते देखी कार्तिक २३ गतेसम्मको राशिफल ( नेपाली पात्रोबाट )
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हिम्मत गर्दा चिताएको काम सजिलै बन्नेछ। धेरैको विश्वास जित्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू समेत नजिकिएलान्। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। मंगलवारपछि आफ्नो लाभांश अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइ नजिकिन सक्छन्। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि मेहनतको प्रतिफल प्राप्त हुनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। ९नेपाली पात्रो०
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश काम बिग्रने चिन्ताले सताउन सक्छ। जिम्मेवारी बढ्नेछ भने अरूका लागि समय खर्च हुनेछ। तापनि आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। बीचमा चिताएको काम सम्पादन हुनेछ भने नयाँ कामतर्फ अग्रसर भइनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत प्राप्त हुनेछ। सप्ताहान्तमा मनग्य आम्दानी हुनेछ। तर सोखले खर्च बढाउनेछ भने लगानी अरूका हातमा जानाले समस्या पर्नेछ। ९नेपाली पात्रो०
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काम बिग्रने डरले सताउन सक्छ। मंगलबारपछि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले काम बन्नेछ भने अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। तर, विवादास्पद व्यक्तिलाई साथ दिनुपर्ने परिस्थिति आउन सक्छ। उच्च महत्त्वाकांक्षाले प्रगतिमा बाधा पुर्याउनेछ। ९नेपाली पात्रो०
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा रमाइलो यात्राको साइत जुर्नेछ भने चिताएको काम पनि बन्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। बुधवार र बिहीवार भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने अर्थ अभावले आँटेको काम रोकिन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनुका साथै भाग्यले साथ दिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ। दिगो काम थालनी हुनाले भविष्यप्रति आशा बढ्नेछ। ९नेपाली पात्रो०
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो तथा रमाइलो यात्राको प्रक्रिया अघि बढ्नेछ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अवसरले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा मान(सम्मान प्राप्त हुनेछ। तर बेसुरमा हौसिनाले अर्थक्षय हुन सक्छ। सप्ताहान्तमा स्वास्थ्यबाधा, काममा अवरोध र विविध झमेला आइपर्ला। ९नेपाली पात्रो०
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने हुँदा काम रोकिन सक्छ। अध्ययनमा पनि समय दिन नसकिएला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। मंगलवारपछि स्थितिमा सुधार आउनेछ भने विभिन्न अवसर प्राप्त हुनेछन्। व्यवसायमा प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त समय पर्खनुहोला। उपहारका लागि हुने फजुल खर्चबाट सजग रहनुहोला। ९नेपाली पात्रो०
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा घरेलु समस्या सुल्झाउन जुट्नुपर्ला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा अलि दुस्ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मंगलवारपछि स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुनेछन्। हिम्मतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। सप्ताहान्तमा भने प्रतिस्पर्धीहरूले अवरोध सिर्जना गर्न सक्छन्, आफ्ना योजनाहरू गोप्य राख्नुहोला। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। ९नेपाली पात्रो०
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा ठूलै उपलब्धि हातलागी हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ कर्म गर्न मन उत्साहित हुनेछ। शुभचिन्तकहरूले साथ दिनाले चिताएका काम सजिलै बन्नेछन्। बुधवार र बिहीवार भने घरायसी समस्याले अल्झाउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूबाट सतर्क रहनुहोला। समयमा जुट्न नसक्दा चिताएका काममा बाधा पर्नेछ। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। मेहनतले मनग्य फाइदा दिलाउनेछ। ९नेपाली पात्रो०
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बोलीको प्रभावले मनग्य फाइदा उठाउन सकिनेछ। तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ। मेहनतीहरूलाई समयले पनि साथ दिनेछ। तर अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। फाइदाका लागि आफ्ना योजना सार्वजनिक नगर्नुहोला। ९नेपाली पात्रो०
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुनेछ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। सत्कर्ममा जुट्नेहरूलाई बोलीको भरमा काम बन्न सक्छ। मानसम्मान प्राप्त भए पनि वादविवादमा परिने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुहोला। सप्ताहान्तमा प्रतिस्पर्धीहरूले दुस्ख दिन सक्छन्। उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ। ९नेपाली पात्रो०
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्ला। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। मंगलवारपछि स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। स्वास्थ्य कमजोर रहने देखिएकाले खानपानमा सजग रहनुहोला। सुन्दर पहिरनले व्यक्तित्व निखार्नेछ भने बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ। मान(सम्मान पाइनुका साथै विशेष उपहार प्राप्त हुनेछ। ९नेपाली पात्रो०
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य आम्दानी भइरहे पनि अर्थ अभाव कायम रहनेछ। खर्चको मात्रा बढ्नेछ भने समयमा रकम हातलागी नहुँदा काममा पनि समस्या पर्नेछ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइ समयमा नजुट्नाले पनि दुःख पाइनेछ। शुक्रवारदेखि विभिन्न अवसर जुट्नुका साथै मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। ढिलै भए पनि आँटेको काम बन्नेछ भने मेहनत गर्दा मनग्य धन आर्जन हुनेछ। ९नेपाली पात्रो०